देश

८६ वर्षको उमेरमा प्रगतिवादी साहित्यकार भट्टको निधन


काठमाडौँ – वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको निधन भएको छ । ‘अल्जाइमर रोग’बाट ग्रसित भट्ट गत महिना अस्तपालको उपचारपछि आफ्नै निवास कालिकास्थनमा बस्दै आएका थिए ।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत कृति लोकप्रिय छन् । विसं १९९३ मा जुम्लामा जन्मिएका भएका उनी प्रगतिशील लेखक संघ र प्रगतिशील प्राध्यापक संघका पूर्वअध्यक्षसमेत थिए । उनको शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक संघका अध्यक्ष प्रा। डा। जीवेन्द्रदेव गिरीले जानकारी दिए । भट्टका श्रीमती र दुई छोरा छन्