राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने


काठमाडौँ – पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । सरकारको प्राथमिकता र मन्त्रालय भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा सुरु हुने बैठकमा मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिएर अघि बढ्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेताहरुका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ वटा मन्त्रालय लिने प्रस्ताव छ । मन्त्रालय तलमाथि पर्न सक्ने नेताहरूले बताएका छन् । दलहरूले महत्वपूर्ण मानिएको मन्त्रालय दाबी गरेका छन् । दल विभाजनसम्बन्धि अध्यादेश फिर्ता लिएरु मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने मत पनि गठबन्धनमा छ ।

अध्यादेशअनुसार एमाले र जसपाका प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले २२ गतेसम्म दल रोज्न पाउँछन् । त्यसपछि अध्यादेश फिर्ता लिने र मन्त्रिपरिषद विस्तार गर्दा सहज हुने तर्क नेकपा एकीकृत समाजवादी र जसपाको रहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्नेमा पनि गठबन्धनमा सहमति भइसकेको छैन् ।