राजनीति

‘वैकल्पिक शक्तिको खोजी जारी छ’


काठमाडौँ – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार बिहानै एक ट्वीट गर्दै वैकल्पिक शक्तिको खोजी जारी रहेको बताएका छन् । उनले राज्य सत्तामा बस्ने ज्ञानेन्द्र र ओली गएको र कुर्सीको खेल भने अझै जारी रहेको भन्‍दै वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको प्रतिक्रिया दिएका हुन् ।

डा.भट्टराईले युवाहरुको विदेशिनु पर्ने बाध्यता र कमिसनको खेल जारी रहेको पनि उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ!भारत,खाडी पस्ने युवाहरूको लर्को जारी छ!कमिसनखोरको खेलो जारी छ!छिमेकीको हैकम जारी छ!जयसिंह धामीको वेपत्ता जारी छ!छाउपडी जारी छ!छोइछिटो जारी छ!मधेसी,थारू,जनजातिको पहिचानको खोजी जारी छ!श्रमिकको चुलो खाली छ!अत:वैकल्पिक शक्तिको खोजी जारी छ!