राजनीति

एमाले विभाजनमा दोषी को ? ओली–नेपाल–दोश्रो तहका नेता र देउवाको भूमिका कति ? (भिडियोसहित)


काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन वरिष्ठ नेता नेपालको एक अर्काको शितयुद्धकै कारण पार्टी विभाजन भएको विश्लेषण छ । एमाले विभाजनका लागि दोस्रो तहका नेताहरुको भूमिकाका कारण पनि पार्टी एक रहन नसकेको कतिपयको बुझाई छ ।

नेकपा एमाले विभाजन भएर नेकपा एकिकृत (समाजवादी) अस्तित्वमा आईसके पनि एमाले अध्यक्ष केपी शर्मा ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीचको आरोप प्रत्यारोप अझै राँकिदै छ । विशेषत पार्टी फुटको दोषारोपण गर्न र आफू चोखिन मरिहत्ते गरिरहेका छन् ।

बारम्बार फुटको डिलमै पुगेर बच्दै आएपनि अन्तत फुटमै पुगेको एमालेको विभाजनमा कस्को दोष भन्ने प्रश्न अझै सतहमा छ । माधव नेपालको व्यक्तिगत स्वार्थको टकरावले पार्टी विभाजन भएको ओलीको अथ्र्याइ छ । नेपालले देशलाई अप्ठ्यारोमा पार्ने गरि विदेशीको दलाली गरेर एमाले विभाजन गरेको निष्कर्ष ओलीको अर्काे निचोड छ । यता ओली अहंकारले पार्टी सकिएको माधव नेपालको व्याख्या छ । नेपालले ओलीलाई सुध्रिन आग्रह गर्दै एमाले क्रान्तिकारी पार्टी नरहेकोले नयाँ पार्टी खोलेको र मध्यमाग्र्री बनेर नबस्न नेता कार्यकर्तालाई आग्रह गरे ।

ओलीको भनाईमा माधव नेपाल कुलंगार नेता हुन । जसका कारण पार्टी विभाजित बनेको हो । ओलीको तर्क अनुसार महासागर जस्तो पार्टी धुजाधुजा पारेर पौडी खेल्न नपुगेको भन्दै खाल्डो खल्ने काम नेपालले गरे । लामो समय आफू र पार्टीलाई दुख दिनेहरु नयाँ पार्टी बनाएर गएको उनको भनाई छ ।

तर नेपालको भने गलत विचार र प्रवृत्ति विरुद्ध जुध्ने र भिड्ने सबै ढोका बन्द भएपछि ओलीमा सुधारको कुनै लक्षण नदेखिएपछि र प्रतिगमनबाट पछि हट्ने कुनै संकेत नदेखिएपछि,सहमतीहरु नक्कली बन्ने तथा आफ्नो टाङमुनि छिराउने अवस्था आएपछि कुनै बाटो नभएको र वाध्यतावस नयाँ पार्टी बनाएको नेपालको दाबी छ । तर विश्लेषकहरुको प्रश्न चाहीँ के छ भने आफ्नै पार्टीको सरकार ढाल्ने र विपक्षीलाई साथ दिएर पार्टी नै विभाजन गर्ने माधव नेपालको नैतिकता के हो ? त्यो त यो सैद्धान्तिक विवाद नभई पदीइ स्वार्थ भएको धेरैको टिप्पणी छ ।

हुन त एमाले विभाजनको दोषबाट दोश्रो तहका भनिएका नेताहरु र काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि अछुतो छैनन् । दुई पार्टी फुट्नासाथ अध्यादेशलाई कानुनी रुप नदिने कांग्रेसको संकेतले समेत यसलाई पुष्टि गरेको छ । अर्थात पानी माथिको ओभानो बनिरहेका कोहि पनि विभाजनकाको दोषबाट मुक्त हुने अवस्था देखिन्न ।