देश

काबुलमा फेरि रकेट आक्रमण


काठमाडौँ – अफगानिस्तानको राजधानी काबुलमा फेरि बम आक्रमण भएको छ । आइतवार साँझ काबुलको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रकेट आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

काबुल विमानस्थल नजिकैको खावजा बुग्र भन्ने स्थानको एक घर वस्तीमा आक्रमण भएको हो । रकेट आक्रमणपछि ठूलो आवाजमा विस्फोट र धुवाँको मुस्लो देखिएको छ ।