राजनीति

नेकपा एसका नेता खनाल सोमबार काठमाडौँ फर्कने


काठमाडौँ – स्वास्थ्य उपचारका लागि भारतमा रहेका पूर्व प्रधानमन्त्री झनाथ खनाल भोली सोमबार काठमाडौँ फिर्ता हुने भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै नेकपा एकीकृत समाजवादीका नेता फर्कन लागेको उनका निजी सचिवालयले जनाएको हो ।

कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसपछि मृगौलाको उपचार गर्न खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

खनालले उपचारकै क्रममा भदौं ९ गते पार्टी विभाजन हुँदै गर्दा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।

यसअघि उनले पार्टी एक बनाउन भारतबाट नै सन्देश दिएका थिए ।