मौसम

काठमाडौँलगायत देशका अधिकांश स्थानमा भारी वर्षा, अझै केही दिन वर्षाको सम्भावना


काठमाडौँ – केही दिनदेखि सक्रिय रहेको मनसुन अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव र न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले आगामी तीन दिनसम्म मौसम बदली रही देशभर वर्षा हुने सम्भावना रहेको छ ।

आज बिहान देशभरको मौसम बदली रहेको छ । जसले गर्दा काठमाडौँलगायतका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ । खासगरी प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशका अधिकांश भू–भागमा मौसम बदली रही वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।