काठमाडौँ – इटालियन सिरी ए अन्तर्गत आफ्नो दोस्रो खेलमा युभेन्टस पराजित भएको छ । युभेन्टसलाई यसै वर्ष सिरी एमा उक्लेको इम्पोलीले पराजित गरेके हो ।
गएराति युभेन्टसको आफ्नै घरेलु मैदानमा भएको खेलमा इम्पोलीको तर्फबाट मान्कुसोले गोल गरेका थिए । २१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । नवप्रवेशी क्लब इम्पोलीले दोस्रो खेलमा नै उपाधि दावेदार युभेन्टसलाई स्तब्धै आफ्नो चुनौती पेश गरेको छ । दुई खेलमा एकमा जित र एकमा हार व्योहोरेको इम्पोली ३ अंककासाथ तालिकाको ११ औं स्थानमा छ ।
क्रिष्टियानो रोनाल्डोले क्लब छोडीसकेपछि खेलको पहिलो खेलमा अधिकाशं समयले बल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न चुक्दा युभेन्टस हारबाट जोगिन सकेन । युभेन्टसले लिगमा दुईवटा खेल खेल्दा एकमा पनि जित निकाल्न सकेको छैन । यसअघि खेलेको खेलमा उडिनेससँग २–२ गोलमा रोकिन पुगेको थियो । युभेन्टस अंकतालिकाको एक अंकसहित १३ औं स्थानमा छ ।
प्रतिक्रिया