काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । १० खेलाडीमा सिमित आर्सनलमाथि सिटीले ५–० गोलको फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन फेरान टोरेसले दुई तथा कप्तान गुन्डोगान, जेजुस र रोड्रीले एक–एक गोल गरे । यस जितसँगै सिटीले ३ खेलमा ६ अंक जोडेको छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको आर्सनल अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया