राजनीति

देउवा र पौडेलबीच भयो सहमति, तोकिएकै मितिमा हुने भयो काँग्रेस महाधिवेशन


काठमाडौँ – नेपाली कांग्रेसको आन्तरिक विवादका कारण आगामी मंसिरमा हुने महाधिवेशन हुने आशंका कायमै थियो । तर पार्टीभित्रका विवाद समाधानका लागि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति भएसँगै आगामी महाधिवेश तोकिएकै समयमा शुरु हुने आशा नेता कार्यकर्तामा पलाएको छ ।

नेपाली कांग्रेसको आगामी महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुँदैछ । भाद्र १८ गते वडा अधिवेशन गर्नुपर्ने कार्यतालिका छ । तर पार्टी नेतृत्वबीचको मतभिन्नताका कारण महाधिवेशन फेरी सर्ने त होइन भन्नेमा आशंकाकाबीचशीर्ष नेताहरुबीचको सहमतिले तोकिएकै मितिमा महाधिवेशन हुने आशा पलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच क्रियशिल सदस्यता विवाद र महाधिवेशनका बारेमा सहमति जुटेको र क्रियासिल सदस्यहरुको नामवली सार्वजनिक, निर्वाचन अधिकृतहरुको चयनले भने महाधिवेशन तोकिएकै समयमा हुने संकेत देखाएको छ ।

जिल्ला सभापतिहरुले उठाएका कतिपय मागहरुको सम्बोधन हुन थालेका छन् । विभिन्न जिल्लाका क्रिासिल सदस्यताको नामावली सार्वजनिक गर्ने काम सुरु भइसकेको छ । सभापतिहरुले जसरी पनि तोकिएकै समयमा अधिवेशन गर्न आफुहरु तयार रहेको बताएका छन । यद्यपि आफुहरुले उठाएको मागहरुसहमति मात्र भएर कार्यन्वयन नभएमा अधिवेशन छोडेर पुन कडा संघर्षमा नै फर्किने र महाधिवेशन पछि धकेलिए नेतृत्व आफै जिम्मेवार हुने सभापतिहरुको भनाई ।

महाधिवेशन तोकिएकै समयमा नै हुने तर्क गरे पनि हाल सम्म ३८ जिल्लामा मात्र निर्वाचन प्रतिनिधि तोकेका छन् । अन्य जिल्लामा अझै टुङगो लगाउन सकेको छैन । अधिकांश जिल्लाहरुमा अझै पनि क्रियासिल सदस्यता विवाद कायम छ ।कतिपय जिल्लामा जिल्ला सभापतिहरु कै नाम क्रियाशिल सदस्यबाट हटाएको प्रति चरम विरोध भैरहेको छ । पार्टीको बैधानिकता जोगाउन पनि जारी विवाद समाधान गरेर तोकिएको मितिमा महाधिवेशन गर्नु पर्ने बाध्यतामा नेपाली काँग्रेस रहेको छ ।