राजनीति

थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित


काठमाडौँ – नेपाली कांग्रेसले शनिबार थप ५ वटा जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ।

१४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप ५ जिल्लाहरुका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

शनिबार प्रकाशित गरिएका जिल्लाहरुमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची छन्। कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ ९ख० बमोजिम पार्टीको वेबसाइटमा प्रकाशित गरिएको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवले जानकारी दिए।

योसँगै क्रियाशील सदस्यको नामावली प्रकाशित हुने जिल्लाको संख्या ५३ पुगेको छ। यसअघि बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएको थियो।