राजनीति

क्रियाशील सदस्यता विवादको समाधान लिएर सिटौला सानेपामा


काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूबीचको सहमति कार्यान्वयनको प्रस्तावसहित कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता विवाद समाधान समिति सानेपा पुगेको छ ।

आज बिहान नै जिल्ला सभापतिहरूको जारी अनशन तोडाउने गरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार साँझा नै सहमति भए पनि सहमति कार्यान्वयनको खाका ढिला मात्र तयार पारेर क्रियाशील सदस्यता विवाद समाधान समिति सानेपा पुगेको हो ।

सानेपामा अहिले सिटौलासहित डा.मीनेन्द्र रिजाल र रमेश लेखकको टोलीले जिल्ला सभापतिहरूसँग वार्ता गरिररहेको छ ।