कोरोना विशेष

सरकार र सर्वसाधारणलाई नै छैन कोरोनाको मतलव


काठमाडौँ – कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी राखेकोे छ।देशभर संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य मापदण्डको पालनामा लापरबार्हीभइरहेको छ । साथै चाडपर्वहरु नजिकिँदै गर्दा बजारी क्षेत्रमा बढेको भीडभाडले कोरोना संक्रमणबढ्न झनै सयोग पुग्ने विज्ञहरु बताइरहेका छन् ।

महामारी नियन्त्रण गर्न सरकारले सर्वसाधारणलाई भिडभाडजन्य गतिविधि नगर्न लिखित र मौखिक निर्देशन दिँदै आएको छ । तर,सरकार नै संक्रमणको जोखिम बढाउने गतिविधिमा लागि परिरहेको छ । प्रधानमन्त्री, मन्त्री र सत्तापक्षकै व्यक्तिहरू संक्रामक रोग ऐन, २०२० को पालनामा बेवास्ता गर्दै आफ्नै पार्टी कार्यलय मा धर्ना र अनसनमा बसिरहेका छन।प्रशासनले निषेधाज्ञा कायमै रहेको बताए पनि सार्वजनिक स्थानमा भने त्यसको कुनै छनक देखिँदैन । मानिसहरूका गतिविधि सामान्य अवस्थामा झै छन् ।राजनीतिक दलका नेता कार्यकर्ताको लापरबाही र काठमाडौं उपत्यकाको विभिन्न खोप केन्द्रमा लागेको भिडभाडउस्तै छ । अहिले देशभर दैनिक २ हजार बढि संक्रमित थपिरहको छन् । काठमाडौं उपत्यकामा मात्र दैनिक ७ सय बढि संक्रमति थपिरहेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड नअपनाए भयावह हुन सक्ने बताइरेहको छ ।

नियामक निकायहरु पनि हाल निषेधाज्ञा उल्लघन गर्ने विभिन्न राजनीतिक दलका नेताकार्यकर्ता, व्यवसायी, धर्म संस्कृतिको नाममा जनस्वास्थ्यमा नियम पालना नगर्नेलाई नदेखे जस्तै गरिरहेको छ । यद्यपि निषेधाज्ञा जारी छ भन्न भने छाडेको छैन । यता विज्ञहरुले भने कोरोनाभाइरसका निकै सक्रामक मानिएका यूके भेरियन्ट र डबल म्यूटन्ट देखिएको पुष्टि भइसकेको अवस्थाामा विशेष सर्तक हुनुपर्नेसुझाव दिइरहेका छन्।

कतिपय विज्ञहरु भने यो भाइरस लामो समयसम्म रहने बताउछन्् । अहिले नेपालमा पत्ता लागेको डेल्टा भाइरस,अल्फा भेरियन्ट र कप्पा भेरियन्ट हो । यस्ता धेरै भेरियन्ट आउन सक्ने स्वास्थ्य विज्ञहरु बताउछन् ।

एकातिर निषेधाज्ञा जारी राख्ने अर्कोतिर नियम पालनामा ध्यान नदिने प्रवृत्तिले संक्रमणको तेस्रो लहर सहजै आउन सक्ने देखिन्छ । नेपालमा ठूला चाडपर्वहरु नजिकिँदै गर्दा शहरी क्षेत्रमा मानिसहरुको भीड बढ्न थालेको छ । त्यसैले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नागरिक पनि स्वयं सतर्क रहन आवश्यक देखिन्छ ।