देश

नेपालमा नै बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम


काठमाडौँ – नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन् । एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड मेनेटमेन्ट (एआईटिम) कलेजले बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रमहरु समावेश गरेर पठनपाठन सुरु गरेसँगै नेपाली विद्यार्थीहरुलाई सो अवसर प्राप्त भएको हो ।

ललितपुरस्थित अन्तराष्ट्रिय स्तरको सो कलेजले बेलायतस्थित बर्मिङहम सिटी कलेजको कार्यक्रमहरुपनि समावेश गरेर पठनपाठनलाई अघि बढाएको हो । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट्टले संयुक्त रुपमा सो कार्यक्रम उद्घाटन गर्दै बाह्य मुलुकमा समेत प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा नेपालले पनि सो कलेजमार्फत् उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।