कोरोना विशेष

डेल्टा भेरिएन्टको त्रासदी, संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरिएन्ट पुष्टि


काठमाडौँ – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गत जुलाईमा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट पुष्टि भएकोे जनाएको छ ।


सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ । साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले डेल्टालाई भेरिएन्ट संक्रामक भाइरसको सूचीमा राखेको छ । यो भेरियन्टबाट बढी वयस्कहरु जोखिम रहेको देखिएको छ ।