राजनीति

देशका सबै पार्टी मिलेपनि एमालेसँग लड्न सक्दैन : अध्यक्ष ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु सबै पार्टी मिलेर पनि एमालेसँग लड्न नसक्ने बताउनुभएको छ । युवासंघको भेलालाई सम्वोधन गर्दै ओलीले हालै भएको पार्टी विभाजनबाट रुखबाट पात खसेको संज्ञा दिनुभयो ।

उहाँले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभयो । अबको चुनावमा प्रतिस्पर्धीहरु हुने तर प्रतिस्पर्धा नहुने उहाँको भविष्यवाणी थियो । ओलले माधव नेपालको पार्टीसँग केन्द्रिय समितिका ५५ र संसदीय दलका २९ बाहेक अरु मान्छे नभएका दाबी गर्नुभयो ।