राजनीति

अग्नि सापकोटा छिट्टै जेल जाने दिन आउँदैछ : मोहन बस्नेत


काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटा छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गरेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा बस्नेतले सापकोटा उनकै कु-कर्मले छिट्टै जेल जाने अवस्था आउन लागेको दाबी गरेका छन् । कीर्ते गरेर सरकारी जग्गा हडपेको अभियोगमा अग्नि सापकोटा जेल जान सक्ने उनको तर्को थियो ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले अगाडि भने, ‘उहाँ (अग्निप्रसाद सापकोटा) बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि बस्नेतले जिकिर गरे । ‘अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छु, बस्नेतले भने,’नेताहरू उहाँ जस्तै अपराधी हुनु भएन ।’