राजनीति

चाक्सिबारीमा पौडेल पक्ष जिल्ला सभापतिको छलफल जारी


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले जिल्ला सभापतिसँग छलफल गरेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा शनिबार बिहान भएको छलफलमा नेताहरू रामशरण महत, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत छन् । छलफलमा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह, धादिङ सभापति रमेश धमला, काठमाडौं सभापति सबुज बानियाँलगायत छन् ।

जिल्ला सभापतिहरू गत बुधबारदेखि सानेपामा रिले अनसन बसेका छन् । उनीहरुको मागलाई पौडेल पक्षले समर्थन गरेको छ। माग पूरा गर्न पौडेलले सभापति शेरबहादुर देउवालाई आग्रह गरिरहेका छन् ।

जिल्ला सभापतिहरु माग अनुसार नै कृयाशील सदस्यको नामावली प्रकाशित हुन थालेको छ। ४८ जिल्लाका कृयाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको काङ्ग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।