राजनीति

मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही समय लाग्ने


काठमडौँ – मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको डेढ महिना वितेपनि मन्त्रिपरिषद पाँच सदस्यीय मात्रै छ । नयाँ सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको जसपा र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छैनन् ।

सत्ता गठबन्धन दल राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । जसपाले सरकारमा सहभागी हुने नेताबारे बैठकबाट निर्णय गर्ने जनाएको छ । तर, बैठक कहिले बस्छ अहिलेसम्म टुंगो लागेको छैन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने मन्त्रीबारे मोटामोटी छलफल गरेका छन् । लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाएकोमा आलोचना हुँदै आएको छ ।