राजनीति

एकीकृत समाजवादीबाट को-को बन्दै छन् मन्त्री ?


काठमाडौँ – नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वमा सहभागी हुने औपचारिक निर्णय गरेको छ । एमालेमै हुँदा नै देउवालाई विश्वासको मत दिएको नेपाल खेमाले नयाँ पार्टी बनेसँगै सरकारमा सहभागी हुने निर्णय शुक्रबारको स्थायी कमिटी बैठक बाट लिएको हो ।

समाजवादीमा आएका साविक एमालेका पाँच जना स्थायी कमिटी सदस्यलाई स्थायी कमिटीमै राख्ने निर्णय भएको छ । समाजवादीसँग प्रतिनिधिसभाका २३ जना सांसद छन् ।

माधव नेपाल नेतृत्वको पार्टीले उपसभामुखसहित ६ वटा मन्त्री पाउने करिब निश्चित भएको छ । उपसभामुखमा सरला यादव र कल्याणीकुमारी खड्का मध्ये एकलाई पठाउने तयारी अध्यक्ष नेपालले गरेका छन् । त्यस्तै मन्त्री बन्नेको सूची पनि लगभग तयार अवस्थामा राखिएको छ ।

पार्टी निकट स्रोतका अनुसार नयाँ पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री, किसानकुमार श्रेष्ठ, मेटमणि चौधरी मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।