राजनीति

क्रियाशिल सदस्य विवादले काँग्रेस महाधिवेशन फेरि अनिश्चित, पौडेल पक्षले लगायो देउवालाई यस्तो आरोप (भिडियोसहित)


काठमाडौँ – भदौ १८ का तय भएको नेपाली कांग्रेसको वडाअधिवशेन क्रियाशिल सदस्यताको विवादले अनिश्चित बनेको छ । वडाअधिवशेन सुरु हुन एकसाता मात्रै बाँकी रहँदासमेत विवाद समाधानको कुनै संकेत देखिएका छैनन् । यसैबीच पौडेल पक्षले भने संस्थापनपक्ष एक पक्षीय ढङ्गले अगाडि बढेर पार्टीको विधान मिम्ने काम गरिरहेको भन्दै असन्तुष्टि जनाईरहेको छ । नेपाली कांग्रेसको मंसिरमा हुने महाधिवशेन प्रक्रियाको सुरुवातवडाअधिवेशन मार्फत भदौ १८ बाट हुँदैछ । तर उसले अझै पनि ३९ जिल्लामा क्रियाशिल सदस्यताको विवाद टुङग्याउँन सकेको छैन् ।

विवादमा रहेका जिल्लाहरुलाई थाति नै राखेर भए पनि अन्य जिल्लामा भने कांग्रेसले निर्वाचन प्रतिनिधि खटाएको छ । तर संस्थापनइत्तर पक्षले भने सबै जिल्लाको क्रियाशिल सदस्यताको टुंगो लगाउनुपर्ने बताउँदै आईरहेको छ । वडा अधिवेशनको समयसिमा आउँन एकसाता मात्रै बाँकी रहँदा संस्थापन पक्ष र इतर पक्षको विवाद भने साम्य हुन सकेको छैन । त्यसो त भाद्र १८ मै अधिवेशन शुरु गरेर पार्टीको वैधानीकता बचाउनै पर्ने नैतिक दबाब काँग्रेसलाई छ । तर पनि जारी विवाद समाधान गरेर महाधिवेशनको माहोल बनाउन देउवा उदाशिन देखिँदै आएका छन् ।

जुन इतर पक्षका नेताहरुले सार्वजनिक मञ्चमै गुनासो गर्ने गरेका छन् । देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेर पार्टीलाई संवैधानिक संकटमा धकेलेको आरोप इतरपक्षको छ । अब भने छिटो पार्टीका जिल्ला सभापतिहरुको माग अनुसार क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरी महाधिवेशनको प्रक्रिया सुरु गर्न सभापति देउवालाई इतर पक्षले दबाव दिईरहेको छ ।

त्यसोत सभापति देउवाले नियमित कार्यकाल सकेर थप गरिएको एक वर्ष छ महिना समय गुजारीसक्दा पनि महाधिवेशन सुनिश्चित नहुनुले नेता कार्यकर्तामा निराशा पैदा गरेको छ ।पाँच पटक सम्म सरेर मंसिरको दोस्रो साताका लागि तय भएको महाधिवशेन पनिक्रियाशिल सदस्यको विवाद नटुङिगएकै कारण अनिश्चित बन्दा नेताहरु आक्रोशित छन् । महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने तयारीमा रहेका नेताहरु भने कांग्रेसलाई वैचारिक रुपमा प्रष्ट र प्रतिवद्ध बनाएर लैजानुपर्ने र तोकिएको मितिमै महाधिवशेन हुने विश्वस्त देखिन्छन् ।

क्रियाशिल सदस्यताकै विवादका कारण वडा तहदेखि केन्द्रको महाधिवेशन अन्योलमा परेका बेला नेतृत्वको विषयलाई लिएर पनि विवाद छ । पुनः सभापति हुने घोषणा गरेका सभापति देउवालाई १४ औं महाधिवेशनबाट तह लगाउनु पर्ने मत जब्बर देखिन्छ । यसका लागि यसअघि देउवाकै पक्षमा रहेर क्रियाशिल बनेका निधिले समेत साथ छोडेर आफै सभापति हुने दाउमा छन् । उता देउवाका गतिविधिलाई फरक मत राख्दै आएको संस्थापनइतर पक्षसमेत रुष्ट छ । तर देउवाको विकल्प खोज्न संस्थापनइतर पक्ष नै एक ढीक्का छैन ।

यता, क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सानेपामा धर्ना दिँदै आएका छन् । केही वडामा मात्रै भदौ १८ मा अधिवेशन गर्ने गरी नेतृत्वले तयारी गरेको आशंका उनीहरूले छ । सम्पूर्ण वडामा एकैदिन अधिवेशन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।पार्टीको बैधानिकता जोगाउन पनि जारी विवाद समाधान गरेर तोकिएको मितिमा महाधिवेशन गर्नु नै काँग्रेसको हित हुने देखिन्छ ।