राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यद्वारा मन्त्रिपरिषद् विस्तार


काठमाडौँ – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले लछुमन तिवारीलाई पर्यटन, उद्योग पर्यटन र बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री बनाउनुभएको हो । नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथग्रहण सम्पन्न भएको छ ।

एमाले सांसद राजकुमार ओझाले शुक्रबार तीन जना मन्त्री बनाउने विषयमा छलफल भएपनि दुई जनाको नाम टुंगो लगाएर शपथ भएको बताउनुभयो । एमाले विभाजित भएपछिको विकसित परिस्थितिका कारण बिहीबार आचार्य मुख्यमन्त्री नियुक्त हुनुभएको होे ।