देश

बीपी प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले दिए राजीनामा


काठमाडौँ – धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिनुभएको छ । सरकारले गरिरहेको छानबिनलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले शुक्रबार उहाँले पदबाट राजिनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ४ साउनमा डा. रेग्मीलाई रजिष्टार पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको थियो । मन्त्रालयले उहाँलाई पाँच वर्षसम्मका लागि रजिष्टारमा नियुक्त गरेको थियो ।