देश

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले माग पुरा गर्न सरकारलाई दिए ७ दिने अल्टिमेटम


काठमाडौँ – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत पक्षले आफूहरुको माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै आइरहेका संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पुरा सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन् ।

उनीहरुले ६ बुँदे मागहरु राख्दै ७ दिनभित्र ती मागहरु पुरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवसीय चिकित्सक, विद्यार्थी लगायत सबैले आफ्नो नियमित काम गर्न असममर्थ हुने जनाएका छन् ।
यस्ता छन् ६ बुँदे माग
१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गरियोस् ।
२. प्रधानमन्त्री र प्रा। डा। गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस् ।
३. बैकुण्ठ अर्याल नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस् ।
४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।
५. पदाधिकारीहरु छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनूभवी कम्तिमा २ जना प्राध्यापकहरु सम्लग्न गरियोस् । सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरुको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस् ।
६. उपकुलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानूनी प्रकृया अघि बढाइयोस् ।