देश

दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिट संवैधानिक इजलासमा


काठमाडौँ – राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट संवैधानिक इजलासमा पेशी परेको छ । संविधानसँग बाझिएको र संवैधानिक मर्म विपरित जारी गरिएको भन्दै सर्वोच्चमा दर्ता भएको थियो ।

सर्वाेच्चमा यसअघि नै निवेदनकै चाङ भएको हुँदा ती निवेदन शुक्रबार सुनुवाई हुने सम्भावना कम भएको छ ती निवेदनहरुभन्दा अघि अरु २०(२२ वटा निवेदनहरु सुनुवाई गर्नुपर्ने भएकाले छिटोमा अर्को शुक्रबार मात्रै सुनुवाईका लागि पालो आउने सम्भावना छ ।

बुधबार र शुक्रबार सर्वोच्च अदालतका संवैधानिक इजलास बस्ने भएपनि शुक्रबारमात्रै नयाँ निवेदनको सुनुवाईको पालो पर्छ ।