काठमाडौँ – पर्वत जिल्लाकोे कुश्मा नगरपालिका–११, गैरीटोल घर भई रोजगारीका शिलशिलामा केही वर्ष अघिदेखि कुवेत पुगेकी पुतली परियारको मृत्यु भएको छ । उनको २४ अगस्ट २०२१ मृत्यु भएको नेपाली दुतावासले जनाएको छ ।
उनले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ । ४२ वर्षीया पुतली अवैधानिक रूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । उनको मृत्युको कारण भने अहिलेसम्म पत्ता नलागेको दूतावासले जनाएको छ ।
दूतावासमा परियारको मृत्यु प्रमाणपत्र आइसकेको छैन । नेपाली राजदूतावासले पुतलीका आफन्तलाई कानूनी प्रक्रियालगायतमा सहजीकरणका लागि सम्पर्कमा आउन आग्रह गरिएको छ ।


प्रतिक्रिया