देश

झरही नदीको पानी परासी बजारमा पस्दा डुवान


काठमाडौँ – नवलपरासी पश्चिमको सदरमुकाम परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबानमा परेको छ। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण परासी बजार डुबानमा परेको हो ।

परासी बजारमा पर्ने अधिकांश स्थान जलमग्न भएको छ । बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढी पसेको छ ।

सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामानलगायतमा क्षति पुगेको छ ।