राजनीति

संस्थापनइतर समूहको बैठक चाक्सीबारीमा जारी


काठमाडौँ – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको नीजि निवास चाक्सीबारीस्थित संस्थापनइतर समूहको बैठक बसिरहेको छ । आज बिहान करिब साढे ८ बजेदेखि वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरूसहित सो बैठक बसेको हो ।

क्रियाशील सदस्यहरूको सूची सार्वजनिक र अनशनमा रहेका कांग्रेस जिल्ला सभापतिहरूका माग सम्बोधन गराउने विषयमा बैठकमा छलफल भइरहेको बताइएको छ । बैठकमा महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मीनेन्द्र रिजाललगायत छन् ।