देश

वर्षाका कारण सेतीदोभानमा पहिरो, यात्रुको बिजोग


काठमाडौँ – अविरल परेको वर्षाले नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सेतीदोभानमा पहिरो गएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान हिजो बेलुका नै ठूलो पहिरो गएको हो ।

पानी परिरहेकै कारणले रातको समयमा पहिरो पन्छाउन कठीन भएकोले आज बिहान बाट नै पन्छाउने काम भईरहेको चितवनका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए । पहिरो अहिले बिहान १० बजे सम्ममा पहिरो पन्छाइ सक्ने छ । सवारी साधनलाई मुग्लिन बजार र नारायणगढबाट रामनगरमा रोकिएको उनले बताए । सेती दोभान नारायणगढबाट मुग्लिनतर्फ १५ किलोमिटर दुरीमा पर्दछ । रातिदेखि सवारीसाधन नचल्दा गन्तव्यमा पुग्नु पर्ने यात्रुहरुको बाटोमा नै बिजोग भएको छ ।