राजनीति

सभामुख र निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अदालत जाने भएको छ ।

बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले आफ्ना १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारबाही अघि नबढाएको भन्दै एमालेले सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो।

बैठकले पार्टीको कारबाहीमा परेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरूद्ध पनि अदालत जाने निर्णय गरेको छ।