राजनीति

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक जारी


काठमाडौँ – निर्वाचन आयोगबाट वैधता पाएपछि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बसिरहेको छ।

जसपाबाट विभाजन भएर लोसपा दर्ता भएको भोलिपल्ट बिहीबार अपरान्ह केन्द्रीय कार्यकारिणी समितिको बैठक काठमाडौँमा बसेको हो । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि दलविहीन बनेका महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा बनाएका हुन् ।