राजनीति

माधव नेपाल आन्दोलनको बाटो बिर्सेर गलत बाटोमा हिँडे : ओली


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालहरू आन्दोलनको बाटो बिर्सेर गलत बाटोमा हिँडेको आरोप लगाएका छन् ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा ओलीले माधव नेपालले हुँडलो मच्चाउँदा अन्तिम कित्ताकाटको अवस्थामा पुगेको पनि बताए ।

अध्यक्ष ओलीले भने, ‘उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौँ ।’

उनले अब एमालेलाई एकतावद्ध बनाएर अघि लैजाने दाबी गरे । ‘हामी एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउनेछौँ । नयाँ प्रतिवद्धता र अठोटका साथ उपस्थित भएका छौँ,’ ओलीले भने, ‘यो ज्यादै खुसीको कुरा हो । हामी ठूलो संख्यामा एकतावद्ध भएर आएका छौँ । आगामी विजययात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौँ ।’

क्जबचभ तजष्कस्