राजनीति

प्रदेश १ का नयाँ मुख्यमन्त्री आचार्यले पद सम्हाले


काठमाडौँ – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद सम्हालेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हालेका हुन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिए ।

एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बनेका हुन् ।