राजनीति

एमाले केन्द्रीय कमिटी बैठक जारी, १० बुँदे सहमति कार्यान्वयनबारे पनि छलफल हुने



काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक जारी छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ । त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।