राजनीति

प्रदेश १ का मुख्यमन्त्रीमा भीम आचार्य !


काठमाडौँ – प्रदेश १ मा केपी शर्मा ओली पक्षमा रहेका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । यसका लागि एमाले संसदीय दलको बैठक बस्दैछ । बैठकमा राईले राजीनमा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिने तयारी छ ।

आचार्य पहिले माधवकुमार नेपाल पक्षकै भए पनि केही समय अघिमात्र नेपाल समूह त्यागेर ओली तिर लागेका थिए । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई गरेजस्तै प्रक्रिया पुर्याएर आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने एमालेले तयारी गरेको छ । नेपालको साथ छोडेका एमाले सचिव आचार्यलाई बिहीबार नै मुख्यमन्त्री शपथग्रहण गराउने सम्भावना छ । यसभन्दा संसदीय दलको निर्वाचनमा राईसँग आचार्य भएका थिए ।

यसरी मुख्यमन्त्री नियुक्त भइसकेपछि आचार्यले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रदेशसभाको अंक गणित हेर्दा एमालेका चारजना सांसद मात्रै माधव नेपालको पक्षमा लागे भने आचार्यले बहुमत पाउने अवस्था छैन । माधव नेपाल पक्षले त्यहाँ ९ जना सांसदहरु आफ्नो पक्षमा रहेको बताउँदै आएको छ ।