राजनीति

अन्तत: नेपाल र ठाकुरको पार्टीले पायो दलको मान्यता


काठमाडौँ – निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई राजनीतिक दलको मान्यता दिएको छ । नेपाल नेतृत्वको एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले राजनीतिक पार्टीको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

एमालेको केन्द्रीय कमिटीका २ सय ३ सदस्यमध्ये एकीकृत समाजवादी गठनका लागि २७ प्रतिशत अर्थात ५५ जना सदस्यले सनाखत गरेका थिए । यस्तै, जनता समाजवादी पार्टीको ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यसहित नयाँ पार्टी गठन गरेको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३३ प्रतिशतले सनाखत गरेका थिए ।