राजनीति

माधव चार महिनामा नै प्रचण्डमा विलिन, पुल मुनिको खेतको अस्तित्व नहुने


काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल चार महिनामा नै प्रचण्डमा विलिन भएको टिप्पणी गरेका छन् । नेपाल नेतृत्वको नयाँ दलले निर्वाचन अयोगमा दल दर्ताको प्रमाणपत्र पाएको भोली पल्ट नै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

पुलमुनीको खेतको संज्ञा दिएका हुन् । उनले सामाजिक संजालमा फेसबुकमा माधव नेपालको दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पुल मुनीको खेतको नामाकरण गरिदिएका छन् । उनले पुल मुनिको खेतमा न घर बनाउन सम्भव छ, न त धान मकै नै फाउन सकिन्छ भन्दै नेपालको पार्टीको कुनै अस्तित्व नहुने संकेत गरेका हुन् ।


बास्कोटाले फेसबुकमा लेखेका छन् – “नेता बास्कोटाले पुलमुनीको खेतमा न घर बन्छ न धान मकै नै फल्ने भन्दै टिप्पणी गरेका छन् । पुलमुनीको खेतका लागि पसीना पानीमा र मल विउ बाढीमा हुने र टाउकोमा हात लाउन बाहेक केही नहुने टिप्पणी समेत गरेका छन् ।”