काठमाडौँ – गत असारमा आएको बाढीबाट तहसनहस भएको हेलम्बु–मेलम्ची बाढी प्रभावित क्षेत्रका १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने एस्ट्रोजेनिका खोप उपलब्ध गराएको हो ।
आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
चापागाईले खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको पनि बताएका छन् ।
प्रतिक्रिया