देश

आयोगले स्वीकार्‍यो खनालको हस्ताक्षर सनाखत


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेता झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको हो ।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी दर्ता गर्न नेताहरुले दिएको निवेदनमा निर्वाचन आयोगले बुधबार केन्द्रीय सदस्यहरुलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका कारण सनाखतका लागि निर्वाचन आयोगमा आउन असमर्थ थिए ।