राजनीति

तुलसा थापा माधवतिर, वामदेव कता ?


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएकी छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्न तुलसा पनि पुगेकी हुन् ।

थापासहित माया ज्ञवाली, शारदा भट्ट र सोमप्रसाद पाण्डेको पनि सनाखत गराउने विषयमा आयोगमा छलफल भएको थियो । तर आयोगले उनीहरु चारजनाको नाम सनाखत गर्न अस्वीकार गरेपछि मावधको पार्टीमा २९ जना सांसदले मात्रै सनाखत गरेका छन् ।

केन्द्रीय कमिटीमा माधवले करिब ३० प्रतिशत जुटाउन सफल हुँदा दलमा भने २० प्रतिशत पुर्‍याउन चुकेका हुन् । एकीकृत समाजवादीको पक्षमा दिल्लीमा उपचाररत झलनाथ खनालले पनि सनाखत गर्दा माधवको पार्टीमा २९ जना सांसदबाट मात्रै सनाखत सम्भव भएको हो।

बुधबार दिउँसो २ बजेसम्म झलनाथ खनालसहित ३० जाना सांसद र ५५ जना केन्द्रीय सदस्यको सनखत भएको नेता मेटमणि चौधरीले बताउनुभयो ।