राजनीति

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि यी १४ सांसदले गरे हस्ताक्षर (सूचीसहित)


काठमाडौँ – जसपा विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि १४ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । निर्वाचन आयोगले दिएको समयभित्र १४ जना सांसदहरुले हस्तक्षर सनाखत गरेका हुन् ।

१४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ । महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह