राजनीति

ओलीले गरे नेतृत्व हस्तान्तरणको संकेत


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको संकेत गरेका छन् । पार्टी विभाजनपछि भएको पहिलो पत्रकार सम्मेलनमा बोल्दै ओलीले नेपालले आफू एमाले निर्विकल्प नरहेको भन्दै नेतृत्व हस्तान्तरणको संकेत गरेका हुन् ।

ओलीले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए । तर उनले अहिले नै हस्तान्तरण भने गर्न नसकिने आशय व्यक्त गरेका छन् । आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने ओलीको भनाई छ । ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे । अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो । अहिलेको अवस्था हेर्दा एमालेमा ओलीको विकल्प भने देखिन्न ।

पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे ।