काठमाडौँ – योहो टेलिभिजनमा प्रसारण भइरहेको ‘गरिवका लागि न्याय’ कार्यक्रमका प्रस्तोता एवं उत्पादक विकल गिरीलाई धम्की आएको छ । भक्तपुर ठिमीस्थित द्रव्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका साफ ऐजुकेशन फाउण्डेशनका संचालक विरेन्द्र जयनाले गिरीलाई कार्यक्रम तयारीका सन्दर्भमा धम्की दिएका हुन् ।
सुप्रिम नाम नीजि स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत रहेका जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालले धम्की दिएपछि पत्रकार विकल गिरीले जिल्ला अदालत भक्तपुरमा उनीहरुविरुद्ध मुद्धा दर्ता गराएका छन् । सय जनाभन्दा बढी कानुन व्यवसायीको सहकार्यमा संचालित ‘गरिबका लागि न्याय’ कार्यक्रमका पत्रकारमाथि दुव्र्यवहार र गाली बेइजती गर्ने जयना र ढकालविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दर्ता भएको हो ।
मेघा न्युज नेटवर्कद्वारा उत्पादन भइ योहो टेलिभिजनमा प्रसारण भइरहेको कार्यक्रममार्फत गरिब र अन्यायमाम परेकाको विषयबस्तु उजागर गर्ने र निःशुल्क रुपमा कानुनी सहायता दिने गरिएको छ । कार्यक्रमका प्रस्तोता विकल गिरीले सहकारी संस्थाले गरेको अनियमितताबारे बुझ्न खोज्दा जयना र ढकालले आफूमाथि गाली बेइजती गरेका बताएका छन् । गिरीले भने, ‘महाराजगञ्ज चोक नजिक एउटा रेष्टुरेन्टमा जायनाले मलाई भेट्न बोलाएर अनियमितताको विषय बाहिर नल्याउन भन्दै आर्थिक प्रलोभन देखाएका थिए तर म प्रलोभनमा नपरेपछि यदि विषय बाहिर ल्याए राम्रो नहुने भन्दै मलाई धम्की दिए ।’
उनले पत्रकारलाई डर, धम्की दिने, बल प्रयोग गर्ने , अपशब्द बोल्ने र भक्तपुरका करिव दुई सय भन्दा बढी सहकारीलाई पत्राचार गर्दै बेइजतीसमेत गरेका छन् ।
बेइज्जती गरे वा गराएमा निजलाई २ वर्ष सम्म वा २० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बेइजती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्ष सम्म कैद र दश हजार रुपैयासम्म वरिवाना गरिने उल्लेख छ ।
देश तथा जनताको सेवामा समर्पित गिरीले कार्यक्रममार्फत पहुँचमा पुगेका तथा जिम्मेवारी संहालेका ब्यक्तिले आफ्नो अधिकारको दुरुपयोग गरी सामाजिक आर्थिक तथा राजनैतिक रुपले कमजोर ब्यक्तिहरुमाथि गरेको अमानवीय ब्यवहारको भण्डाफोर गर्दै आएका छन् । सोही क्रममा जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्कुल तथा सहकारीको संचालकले सम्पुर्ण कार्यहरु निजी स्वार्थमा प्रयोग गरेको लिखित जानकारी आएपछि रिसर्चमा लागेका गिरीमाथि गाली बेइजती र दुव्र्यवहार गरेका हुन् ।
गिरीले बाबुकृष्ण भासिंक, पदमकृष्ण भासिंक श्रेष्ठ र कृष्णभक्त भासिंकको लिखित निवेदनको सत्य तथ्य बुझ्ने क्रममा जयनासँग गत साउन २५ गते अन्तर्वार्ताका लागि गएको बेला अफिसको चुक्कुल लगाई अपमानजक शब्दहरु प्रयोग गरी शारीरिक तथा मानसिक रुपमा तर्साउने काम गरी त्यहाबाट बेईजतिपूर्ण तरिकाले अन्तरवार्ता दिन नमानी निकालेका थिए ।


प्रतिक्रिया