राजनीति

एमाले प्रवक्ताको जिम्मेवारीमा फेरि पनि योगेश भट्टराई


काठमाडौँ – नेकपमा एमालेको प्रवक्ताको जिम्मेवारी फेरि पनि योगेश भट्टराईले पाएका छन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए। मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए ।