राजनीति

एमालेमा धोकेबाज १० भाई, माधव बिनाको एमाले बनेपछि कति खुशी


काठमाडौँ – नेकपा एमालेभित्र विकल्प खोज्नुपर्छ भन्ने वकालत गर्दै आएका १० स्थायी कमिटी सदस्य अन्ततः आठ महिनापछि औपचारिक बैठकमा फर्किएका छन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा क्रियाशिल बनेका उनीहरु ओलीसंग हात मिलाएर बैठकमा फर्किएका हुन् ।

यसअघि पटकपटक माधवकुमार नेपालको फेरो समाएर तंग्रीन जानेका र उनकै कोटाबाट उपप्रधानमन्त्रीसहितसरकारको मन्त्री बनेर झण्डा हल्लाएका १०नेताहरु मंगलबारअध्यक्ष केपी शर्मा ओलीले देखाएको ललिपपमा लठ्ठिदै च्यासलसम्म पुगे ।त्यसमा पनि माधवकुमार नेपाललाई अन्तरघात गर्दै भर्खरैमात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई ओलीले बैठकमै बधाईँ दिदा उनी संगैंको सीटमा बसेकी शाक्य मख्ख परिरहेकी थिईन ।

नेकपा एमालेमा दोस्रो तहका नेताको पहिचान बनाएका यी नेताहरुलाई आम कार्यकर्ताले पार्टी विभाजनको संकटमा पर्दा विकल्प बनेर आउन सक्ने अनुहारका रुपमा गनेका थिए । तर अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको शक्ति संघर्षले पार्टी नै बन्धकीमा पर्दा उनीहरुले दुई नेताको चाकरी गर्दागर्दै एमालको विभाजन गराएका छन् ।यथार्तमा पार्टी जोगाउने कसरत गरेको जस्तो देखिए पनि दोस्रो तहका नेताले पार्टी होइन, ओली र नेपाललाई जोगाउने कसरत गरेका थिए । अन्ततः त्यसमा पनि असफल भएपछि ओलीको माधव नेपालबाहेकको एमाले बनाउने आकंक्षा पुरा भएको छ ।