राजनीति

प्रदीप नेपाल पनि माधवतिर, हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगे


काठमाडौँ – नेकपा एमाले नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताउँदै आए पनि दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोगमा पुगेका हुन् ।

भदौ २ मा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । नेता नेपालले पनि फेसबुकमा आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन अवस्थामा रहेको बताएका थिए ।