राजनीति

अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा विशेष पत्रकार सम्मेलन गर्न लागेको उनका सचिवालयले जनाएको छ ।

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेको हो । सो सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत उपस्थिति रहने जनाइएको छ।

आजै एमालेबाट विद्रोह गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगले नेताहरुलाई सनाखतका लागि बोलाएको छ।