राजनीति

माओवादीको प्रवक्तामा महरा चयन


काठमाडौँ – नेकपा माओवादी केन्द्रको प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्ज बनाइएको छ । महरा पूर्वसभामुखको जिम्मेवारी पनि सम्हालिसकेका छन् । त्यस्तै वर्तामान अर्थमन्त्री जनार्दन शर्मा संगठन विभाग प्रमुखमा भएका छन् ।