राजनीति

मंसिर १० देखि महाधिवेशन गर्ने एमालेको निर्णय


काठमाडौँ – नेकपा एमालेले आगामी मंसिर १० देखि पार्टीको १० औं महाधिवेशन गर्ने निर्णय गरेको छ । मंगलबार तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।