बिजनेस

नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजीनामा


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउँदले राजीनामा दिनुभएको छ । सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेर विवादमा तानिएका साउदले राजीनामा दिनुभएको हो ।

नेप्सेको कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा साउँदले आफूले पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको तर अनुसन्धानमा सहयोग पुर्‍याउन राजीनामा दिएको बताउनुभएको छ । नियामक निकायमा बसेर ‘स्वार्थ बाझिने’ कार्य गरेको भन्दै उहाँमाथि अनुसन्धान सुरु भएको थियो ।

साउदलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । साथै, अर्थ समितिमा उहाँलाई हटाउनुपर्ने माग उठेको थियो ।